images

२०८३ कार्तिक २९ गते

images
images
images
  • कृषि
  • चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’...

चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना

चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना

images
images
सोमवार, कार्तिक २३ २०८३
सोमवार, कार्तिक २३ २०८३
  • तुलसीपुर (दाङ), २३ कात्तिक ।  देउखुरीस्थित गढवा र राजपुर गाउँपालिकाका कृषियोग्य भूभागमा सतह सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गरिने भएको छ । त्यसका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को कार्य पूरा भइसकेको छ । 

    images
    images

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार यस आयोजनाको निर्माण अघि बढेपछि गढवा र राजपुर गाउँपालिका क्षेत्रको चार हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सेवा पु¥याउने लक्ष्य राखिएको छ । 

    चालु आर्थिक वर्षमा सामाजिक तथा वातावरणीय अध्ययन पूरा गरी आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका छन् । देउखुरीको प्रगन्ना र बड्कापथ सिँचाइ आयोजनामार्फत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुगेका ठाउँका लागि दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गर्न लागिएको उनले बताएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend