images

२०८३ कार्तिक २९ गते

images
images
images

उत्पादनको अनुपातमा फूलको मूल्य घट्यो

उत्पादनको अनुपातमा फूलको मूल्य घट्यो

images
images
सोमवार, कार्तिक २३ २०८३
सोमवार, कार्तिक २३ २०८३
  • सुनसरी, २३ कात्तिक । यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ । गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी घाटामा परेका छन् ।

    images
    images

    विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताएका छन् । उनले किसानबाट प्रतिमुठा रु ८० मा खरिद गरेको फूल अहिले बजारमा रु ५० मा बिक्री गर्नुपरेको बताएका छन् ।। गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उनको भनाइ छ ।
      
    गत वर्ष ठूलो एक बन्डल फूल रु ७०० का दरले १० हजार बन्डलसम्म बिक्री भएको थियो । यस वर्ष भने रु ५०० मा मुस्किलले बिक्री भइरहेको उहाँले सुनाएका छन् । उनले धनकुटाको थलथले क्षेत्रबाट किसानसँग फूल खरिद गरेर धरान–१३ स्थित कृषि उपज बजारमा ल्याई बिक्री गर्दै आएका छन् ।

    पहिलोपटक ऋण खोजेर फूलको व्यापार सुरु गरेका अर्का व्यापारी असिम यादवले पनि यस वर्ष मूल्य घटेका कारण पहिलोपटक नै व्यापारमा घाटा व्यहोर्नुपरेको बताएका छन् । “धनकुटाबाट राम्रो सयपत्री फूल खरिद गरेर बजारमा बिक्री गर्न ल्याएको थिएँ”, उनले भने, “प्रतिमुठा रु ७० देखि ८० मा खरिद गरेको फूल अहिले रु ४० देखि ५० मा बिक्री गर्नुपर्दा लगानीसमेत उठाउन कठिन भएको छ ।”

    images
    images

    धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले यस वर्ष फूलको उत्पादन बढेपछि बजारमा मूल्य घटेको बताएका छन् । उनका अनुसार गत वर्ष प्रतिमुठा रु १०० मा बिक्री भएको फूल यस वर्ष रु ४० देखि ५० मा बिक्री भइरहेको छ । त्यसैगरी गत वर्ष फूलको प्रतिमाला रु २०० देखि रु २५० सम्ममा बिक्री भएको फूलमाला यस वर्ष रु १०० मा सहजै पाउन सकिने अवस्था रहेको उनले बताएका छन् ।

    धरानमा तिहारका अवसरमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताएका छन् । लक्ष्मीपूजा, कुकुरपूजा, घरको सजावट, ढोका तथा गेटमा लगाउन र पसल सजाउन फूलमालाको प्रयोग हुने गरेको छ ।
     
    यस वर्ष स्थानीय उत्पादन पर्याप्त भएकाले उपभोक्तालाई राहत भए पनि किसान र व्यापारी भने मारमा परेको उनले बताएका छन् । धरान कृषि उपज बजारमा धनकुटा, उत्तरी पहाडी क्षेत्र, तेह्रथुम, मोरङ र झापालगायत जिल्लाबाट किसानले सिधै फूल ल्याएर बिक्री गर्ने गरेका छन् । तिहारको अवसरमा धरान कृषि उपज बजारबाट हरेक वर्ष करिब रु पाँच करोडभन्दा बढीको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताएका छन् ।

    सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएका कारण स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको बताएका छन् । स्थानीय उत्पादनले बजार पाउँदा स्वदेशी किसानलाई प्रोत्साहन मिल्नुका साथै तिहारको व्यापारिक गतिविधि बढेको उनको भनाइ छ ।

    तिहारका बेला फूलको कारोबारसँगै दिदीबहिनीले दाजुभाइलाई दिने उपहार सामग्री, काजु, किसमिस, सुन्तलालगायत फलफूल तथा विभिन्न खाद्य सामग्रीको बिक्रीवितरण बढेको छ । यस्ता सामग्रीको किनबेचले बजारलाई थप चलायमान बनाएको उनले बताएका छन् । स्थानीय फूलको उत्पादन र कारोबार बढे पनि बजार मूल्य घट्दा यस वर्ष किसान तथा व्यापारीले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend