images

२०८३ कार्तिक २९ गते

images
images
images

बाँके र बर्दियामा व्यावसायिक गाईपालन बढ्दै,

बाँके र बर्दियामा व्यावसायिक गाईपालन बढ्दै,

images
images
आइतवार, कार्तिक २२ २०८३
आइतवार, कार्तिक २२ २०८३
  • बाँके । बाँके र बर्दियामा उन्नत जातका गाईपालन गरी व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसानको संख्या बढ्न थालेको छ। जर्सीलगायत उन्नत जातका गाई भित्र्याएर किसानले व्यावसायिक पशुपालन विस्तार गर्न थालेका हुन्।

    images
    images

    बढैयाताल गाउँपालिका–७, मैनापोखरका किसान ज्ञानेन्द्र लम्सालले गत वर्ष ४६ हजार लिटर दूध बिक्री गरेका थिए। यस वर्ष दुहुना गाईको संख्या बढेकाले दूध उत्पादनसमेत बढ्ने उनको अपेक्षा छ।

    लम्सालले ३१ वटा जर्सी गाई पालेका छन्। तीमध्ये १५ वटा दुहुना छन्। उनका अनुसार एउटा गाईले दैनिक कम्तीमा १० लिटर दूध दिने गरेको छ। असोजदेखि फागुनसम्म दूध उत्पादन बढी हुने सिजन हो। यस अवधिमा दैनिक करिब २२० लिटर दूध उत्पादन हुने गरेको छ भने अफसिजनमा उत्पादन घटेर १२० लिटरमा सीमित हुने गरेको छ।

    images
    images

    त्यस्तै, कोहलपुर नगरपालिका–११, चप्परगौडीका छविलाल भट्टराईले ४६ वटा गाई पालेका छन्। तीमध्ये १० वटा दुहुना र २० वटा गाभिनो छन्। हाल उनको फार्मबाट दैनिक करिब ७० लिटर दूध उत्पादन भइरहेको छ। सिजनमा भने दैनिक १५० लिटरसम्म दूध उत्पादन हुने गरेको उनले बताए।

    कोहलपुर नगरपालिका–८, पिपरीका थलबहादुर खड्काले पनि ३२ वटा गाई पालेका छन्। तीमध्ये १३ वटा दुहुना छन्। हाल दैनिक १०० लिटर दूध उत्पादन गर्दै आएका खड्काको फार्ममा सिजनका बेला दैनिक १३० देखि १५० लिटरसम्म दूध उत्पादन हुने गरेको छ। उनका अनुसार वर्षभरको औसत दैनिक उत्पादन करिब १२० लिटर छ।

    चप्परगौडीकै शारदा शर्माले लामो समयदेखि गाईपालन गर्दै आएकी छन्। उनले १२ वटा गाई पालेकी छन्। तीमध्ये तीनवटा दुहुना र पाँचवटा गाभिनो छन्। कात्तिक–मंसिरमा गाभिनो गाई ब्याएपछि दूध उत्पादन बढ्ने उनको अपेक्षा छ।

    यस्तै, बर्दियाको बाँसगढीका गोविन्द उपाध्यायले ४० वटा गाई पालेका छन्। तीमध्ये १२ वटा दुहुना छन्। हाल उनको फार्मबाट दैनिक ११५ लिटर दूध उत्पादन भइरहेको छ। सिजनमा भने दैनिक १७० लिटरसम्म उत्पादन हुने गरेको उनले बताए। उनका अनुसार ११ वटा बाछी हुर्किरहेका छन्, जसमध्ये छवटा गाभिनो छन्। असोज–कात्तिकमा गाई ब्याएपछि दूध उत्पादन उल्लेख्य बढ्ने उनको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend