images

२०८३ कार्तिक २९ गते

images
images
images

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

images
images
आइतवार, कार्तिक २२ २०८३
आइतवार, कार्तिक २२ २०८३
  • चितवन, २२ कात्तिक  ।  पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाँउपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १०ः०० बजे पहिरो खसेको थियो ।

    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend