images

२०८३ कार्तिक २९ गते

images
images
images
  • कृषि
  • इलामको कन्याममा पहिलोपटक ‘प्रथम सूर्योदय चिया...

इलामको कन्याममा पहिलोपटक ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ आयोजना हुँदै

इलामको कन्याममा पहिलोपटक ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ आयोजना हुँदै

images
images
शनिवार, कार्तिक २१ २०८३
शनिवार, कार्तिक २१ २०८३
  • काठमाडौं, कात्तिक २१ । चिया पर्यटनको प्रवर्द्धन तथा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले इलामको कन्याममा पहिलोपटक ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ आयोजना हुने भएको छ।

    images
    images

    सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आगामी मङ्सिर ५ र ६ गते महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सवमार्फत चियाको उत्पादन, प्रवर्द्धन, बजारीकरण तथा चियासँग जोडिएको पर्यटनलाई एकीकृत रूपमा अघि बढाउने आयोजकको लक्ष्य छ।

    महोत्सव व्यवस्थापनका लागि सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा सूर्योदय नगरपालिका–७, ८ र ९ का जनप्रतिनिधि तथा स्थानीय चिया पर्यटन व्यवसायी सहभागी छन्।

    images
    images

    महोत्सवमा टी ट्रेल रेस प्रतियोगिता, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रदर्शनी तथा स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खानाका परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत गरिने संयोजक लामाले जानकारी दिए।

    महोत्सवको मुख्य आकर्षणका रूपमा ‘जलवायु परिवर्तनको सामना स् दिगो चियाखेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवाद आयोजना गरिनेछ। कार्यक्रममा संघीय सांसद, नेपाल सरकारका कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव र स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ। पत्रकार बसन्त बस्नेतले अन्तरसंवादको सहजीकरण गर्ने कार्यक्रम तय भएको छ।

    महोत्सवमा सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण तथा बजारीकरणको व्यवस्था गरिनेछ। स्थानीय खाद्य परिकारका स्टलसमेत राखिने महोत्सव व्यवस्थापन समितिका सदस्य सचिव खेम राईले जानकारी दिए।

    यसैगरी महोत्सवका अवसरमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै टी ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ। पुरुषतर्फ १२ दशमलव ५ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको दौड आयोजना गरिनेछ।

    प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फ प्रथम हुनेले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैयाँ पाउनेछन्।

    आयोजकले महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार पर्यटक सहभागी हुने अपेक्षा गरेको छ। महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक लामाले बताए।

    सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार तथा स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत कन्यामदेखि श्रीअन्तुसम्म २५ दशमलव ५ किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ। सूर्योदय नगरपालिका–७ को कन्यामबाट वडा नं। ५ स्थित श्रीअन्तुसम्म पुग्ने उक्त पदमार्गले चियाखेती, स्थानीय उत्पादन र पर्यटन व्यवसायलाई जोड्ने अपेक्षा गरिएको छ।

    महोत्सवले निर्माणाधीन चिया पदमार्गको पहिचान स्थापित गर्नुका साथै इलामको चिया पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

    सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम इलामको प्रमुख पर्यटकीय गन्तव्य हो। हरियाली चियाबारी, प्राकृतिक सौन्दर्य र रमणीय दृश्यका कारण यहाँ दैनिक ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। वनभोज, घोडचढी, दृश्यावलोकन तथा तस्बिर र भिडियो खिच्नका लागि समेत कन्याम पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend