images

२०८३ कार्तिक २९ गते

images
images
images

फूलखेतीले दिलाएको सफलता,किसानको आम्दानीको आशा

फूलखेतीले दिलाएको सफलता,किसानको आम्दानीको आशा

images
images
शनिवार, कार्तिक २१ २०८३
शनिवार, कार्तिक २१ २०८३
  • पाल्पा, २१ कात्तिक । पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पु¥याउने चटारोमा छन् ।

    images
    images

    रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोईराला र खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल  टिप्नमा व्यस्त छन् । उनीहरु आमा छोरा हुन । धर्तीमाता कृषि फार्ममार्फत कोइराला परिवारले दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गरेका छन् । 

    फार्ममा अहिले ढकमक्क फूल फुलेका छन् । चार रोपनी क्षेत्रफलमा लगाइएको टेनिस बल जातको फूलले खेतबारीको स्वरूप मात्रै बदलेको छैन, आम्दानीको नयाँ सम्भावना देखाएको छ । फूल खेतीबाट यस वर्ष करिब रु छ लाख आम्दानी गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक खिमराज बताएका छन् । 

    images
    images

    उनका अनुसार उत्पादनलाई पाल्पामा मात्र सीमित नराखी उपभोक्ताको मागअनुसार छिमेकी जिल्लासम्म पु¥याउने योजना छ । तिहारका बेला थोक तथा खुद्रा दुवै माध्यमबाट फूल र माला बिक्री गरिनेछ । उपभोक्तालाई सहज होस् भनेर घरदैलोमा फूल तथा माला उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको उनले बताएका छन् । कोइराला बगनासकाली गाउँपालिकामा कृषि प्राविधिकका रूपमा कार्यरत रहे पनि  कार्यालयपछिको समय फूल खेतीमा सदुपयोग भएको छ ।

    फूल खेतीका लागि आवश्यक प्राविधिक पक्ष, मलजलको व्यवस्थापन, बिरुवाको वृद्धि तथा उत्पादनको रेखदेखमा खिमराज आफैँ संलग्न रहँदै आउएका छन् ।आमा इन्दिराले फूलको नियमित स्याहारसुसार तथा रेखदेखको जिम्मेवारी सम्हाल्दै आएकी छन् । दुवै जनाको संयुक्त प्रयासबाट चार रोपनी क्षेत्रफलमा फूल खेती विस्तार गरिएको हो । वैदेशिक रोजगारी तथा अन्य पेसा व्यवसायका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको अवस्थामा त्यस्तो जमिनलाई सदुपयोग गरेर आम्दानी गर्न सकिने सम्भावना फूल खेतीले देखाएको इन्दिराको भनाइ छ । 

    उपभोक्ताको मागअनुसार रूपन्देहीको बुटवल तथा अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म फूल र माला पठाउने गरिएको कोइरालाले बताएका छन् । स्वदेशी उत्पादनले उचित बजार पाउन आयातित फूलको नियमन आवश्यक रहेको उनको भनाइ छ । 
     
    बगनासकाली गाउँपालिका–८ का पुष्प व्यवसायी झपिन्द्र बस्याल र पोखराथोकका श्रवणकुमार श्रष्ठले पनि फूल खेती गरेका छन् । बस्यालले १० रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् ।

    श्रेष्ठले आफ्नो बारीभरी फूल खेती गरेका छन् । चाडपर्व लागेसँगै उहाँको दैनिकी फूल खेतीमै व्यस्त हुने गरेको छ । जिल्लाको रामपुर, माथागढी, बगनासकाली, रिब्दीकोट, रम्भा लगायतका किसानले व्यवसायिक रूपमा फूल उत्पादन गरेर मनग्गे आम्दानी गर्न सफल भएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend