images

२०८३ कार्तिक २९ गते

images
images
images

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

images
images
बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • लिसबन, १९ कात्तिक (रासस।एएफपी) । पोर्चुगाली प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बिहीबार घोषणा गरेका छन्। 

    images
    images

    पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेलेका छन् भने र १४६ गोल गरेका छन्। 

    गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए । 

    images
    images

    जेससले उनलाई नेसन्स लिगको एक खेलमा खेलाउन अस्वीकार गरेपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो । 

    “पोर्चुगाली जनतालाई, हाम्रो राष्ट्रिय टोलीको नम्बर सातको जर्सी फिर्ता गर्ने दिन आएको छ,” रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेको भिडियो सन्देशमा भनेका छन्। 

    “मैले कहिल्यै यो मेरो मात्र हो भन्ने महसुस गरिनँ तर २३ वर्षसम्म यसलाई डोराउने, रक्षा गर्ने र विश्वभरका स्टेडियमहरूमा लिएर जाने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ,” उनले थपे । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend