images

२०८३ कार्तिक २९ गते

images
images
images

नेपाल बैंक र फिन्तारा सोलुसन्सबीच सम्झौता,

नेपाल बैंक र फिन्तारा सोलुसन्सबीच सम्झौता,

images
images
बुधवार, कार्तिक १८ २०८३
बुधवार, कार्तिक १८ २०८३
  • काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई किस्ताबन्दीमा वस्तु तथा सेवा खरिद गर्न सकिने सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि बैंकले ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म ‘वानबीएनपीएल’ सञ्चालन गर्ने फिनटेक कम्पनी फिन्तारा सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।

    images
    images

    सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्डधारकले वानबीएनपीएलको व्यापारिक सञ्जालमा आबद्ध प्रतिष्ठानबाट शून्य प्रतिशत डाउन पेमेन्टमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । खरिद गरिएको रकम ग्राहकले आफ्नो सुविधाअनुसार ३ देखि १८ महिनासम्मको किस्तामा भुक्तानी गर्न पाउनेछन् ।

    बैंकका अनुसार यस सुविधामा शून्य प्रतिशत ब्याज तथा सेवा शुल्कको व्यवस्था गरिएको छ । यसबाट ग्राहकले एकैपटक ठूलो रकम खर्च नगरी आवश्यक वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् ।

    images
    images

    नेपाल बैंकको प्रधान कार्यालय, न्युरोडमा कात्तिक १६ गते आयोजित कार्यक्रममा सम्झौतामा बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गरेका हुन् ।

    वानबीएनपीएलको सञ्जालमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट, घरायसी उपकरण, अस्पताल, रिसोर्ट र होलिडे प्याकेज प्रदायकलगायत १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठान आबद्ध छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend