images

२०८३ कार्तिक २९ गते

images
images
images
  • कर्पोरेट
  • नेपालका ५८ ग्यास उद्योग गाभ्ने प्रक्रिया...

नेपालका ५८ ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

नेपालका ५८ ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • काठमाडौं, १६ कात्तिक । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ। निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका ग्यास उद्योगलाई एकीकरण गर्ने नीतिलाई निरन्तरता दिँदै मर्जर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो।

    images
    images

    NIJAMATI STAFF.png

    निगमका अनुसार चालु आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीति समेटिएको छ। हाल नेपालमा विभिन्न ब्रान्डका ५८ वटा ग्यास उद्योग सञ्चालनमा रहेका छन्।

    images
    images

    यसैक्रममा निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै मर्जर नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

    ग्यास उद्योगहरूबीच एकीकरण प्रक्रिया अघि बढेमा ग्यासको बिक्री वितरण प्रणाली थप व्यवस्थित, सहज र उपभोक्तामैत्री हुने निगमको अपेक्षा छ।

    निगमले उद्योगहरूलाई एकीकरणको प्रक्रियामा सहभागी हुन प्रोत्साहित गर्दै ग्यास आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend