images

२०८३ कार्तिक २९ गते

images
images
images
  • कृषि
  • सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन...

सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन बढाउन सहज

सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन बढाउन सहज

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • भोजपुर, १६ कात्तिक । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कको काभ्रेबेँसी लगायत क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि किसानलाई धानखेती गर्न सहज भएको छ । विगतमा सिँचाइको अभावमा खेतीपाती गर्न समस्या भोग्दै आएका किसान कुलो निर्माण भएपछि यस वर्ष सहज रूपमा धान उत्पादन गर्न सफल भएका हुन् ।

    images
    images

    लेखर्क तथा काभ्रेबेँसी क्षेत्रलाई लक्षित गरी विभिन्न स्थानमा सिँचाइ कुलो निर्माण तथा विस्तार गरिएपछि खेतीयोग्य जमिनमा पानी पुर्याउन सहज भएको स्थानीय किसान टङ्कप्रसाद घिमिरेले बताएका हुन् । आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकामा कुलो निर्माणपछि धानखेती गर्न सहज भएको उनको भनाइ छ ।

    “विगतका वर्षमा सिँचाइको अभावमा धान रोप्न निकै सास्ती थियो”, उनले भने, “सिँचाइ सुविधा भएपछि अहिले मनै लोभ्याउने गरी खेतमा धान फलाउन सफल भएका छौँ । सिँचाइ सुविधा पुगेका क्षेत्रमा धानखेती गर्न पानीको समस्या छैन ।”

    images
    images

    सिँचाइ सुविधा उपलब्ध भएपछि धान रोपाइँ गर्न र बालीलाई आवश्यक परेको समयमा पानी लगाउन सहज भएको किसान घिमिरेले बताउनुभयो । खेतमा पानी पुर्याउन सकिने भएपछि खेतीपातीमा हुने कठिनाइ कम हुनुका साथै धान उत्पादनमा सहयोग पुगेको उनको भनाइ छ ।

    टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्पाहाङका अनुसार लेखर्क तथा काभ्रे क्षेत्रका किसानलाई लक्षित गरी घिमाल कुलो, सुन्तले कुलो, बरडाँडा कुलो, जौबारी कुलो र विजालेस कुलोलगायत सिँचाइ आयोजना निर्माण गरिएका छन् । यी कुलोबाट स्थानीय किसानलाई खेतबारीमा पानी पुर्याउन सहज भएको उनले बताएका हुन् ।

    कृषि उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा महत्त्वपूर्ण हुने भएकाले वडाले विभिन्न निकायसँग पहल तथा समन्वय गरेर आवश्यक संरचना निर्माण र विस्तारमा ध्यान दिँदै आएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताएका हुन् । खेतीयोग्य जमिनमा आवश्यक पानीको व्यवस्था गर्नसके किसानलाई खेतीपातीमा प्रोत्साहनका साथै कृषि उत्पादन बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

    ग्रामीण क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि वर्षाको भरमा मात्र खेती गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । सिँचाइ कुलो निर्माणले किसानलाई धानखेती गर्न सहजतासँगै खेतबारीको उपयोग बढेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend