images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सामान्य अंकले बढ्यो नेप्से, पौने १२...

सामान्य अंकले बढ्यो नेप्से, पौने १२ करोडको कारोबार

सामान्य अंकले बढ्यो नेप्से, पौने १२ करोडको कारोबार

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से ४.९८ अंकले बढेर दुई हजार ७५३.७६ बिन्दुमा बजार बन्द भएको छ । फ्लट इन्डेक्स ०.२२ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.०१ बढेकोमा सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले घटेको छ ।

    images
    images

    आज १३ मध्ये ९ उपसमूहको शेयर बढेको छ भने बैंक, फाइनान्स, उत्पादन र प्रशोधन तथा निर्जीवन बीमा उपसमूहको शेयर घटेको छ । यसदिन उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र  उपर हेवाखोला हाइड्रोगरी ३ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै मान्डु हाइड्रोपावर र बराही हाइड्रोपावरको शेयर ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    समृद्धि फाइनान्स र गुराँस लघुवित्तको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि बढेको छ । आइतबार करिब पौने १२ अर्ब अर्थात् ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर खरिदबिक्री भएको छ ।

    images
    images

    गत साता अन्तिम कारोबार दिन नेप्से १३.९५ अंकले बढेकोमा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँ बराबरको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर कारोबार  भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend