images

२०८३ कार्तिक २९ गते

images
images
images
  • विश्व
  • चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट...

चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

images
images
बुधवार, कार्तिक ११ २०८३
बुधवार, कार्तिक ११ २०८३
  • काठमाडौँ, ११ कात्तिक । चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ ।

    images
    images

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिकसम्म चीनमा आयोजना हुनेछ ।

    उक्त प्रतियोगिताका लागि सोनी पाख्रिन, रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आसिकाकुमारी महरा, अनु कडायत, मनीषा उपाध्याय, सना प्रवीण, अलिशाकुमारी यादव र तिर्सना विश्वकर्माले टोलीमा स्थान बनाएका छन् ।

    images
    images

    नेपालले खेल्ने यस प्रतियोगितामा चीन, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

    यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि मौसम प्रतिकूल हुने सूचना प्राप्त भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ । 

    गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो भई सवारी दुर्घटनामा पर्न सक्ने र सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले कोरला नाकातर्फ सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई अनुरोध गरेका छन्।

    मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फको यात्रा तथा सवारीसाधनको आवागमन स्थगित गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend