images

२०८३ कार्तिक ९ गते

images
images
images
  • अन्य
  • १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यले...

१५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने

१५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन्।

    images
    images

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा आयोजना हुनेछ। केन्द्रीय कार्यालयले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समारोहमा उपस्थित हुन आग्रह गरेको छ।

    नवनिर्वाचित सभापति गगनकुमार थापाले भने यसअघि असोज ३१ गते नै शपथ लिइसकेका छन्।

    images
    images

    महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा डा। चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। त्यस्तै, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्। शर्मा र भुसाल निर्विरोध निर्वाचित भएका हुन्।

    यसैगरी महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा। डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।

    निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, डा। मोहम्मद फिर्दोश आलम, प्रकाश रसाइली, बहादुरसिंह लामा (तामाङ), जीवनबहादुर शाही, अजयकुमार चौरसिया, मनोजमणि आचार्य, योगेन्द्र चौधरी र आङ्गेलु शेर्पा विजयी भएका छन्।

    कांग्रेसको १५औँ महाधिवेशनबाट कुल २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको जनाइएको छ। शपथ ग्रहणसँगै नवनिर्वाचित कार्यसमितिले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक गतिविधिलाई अघि बढाउनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend