images

२०८३ कार्तिक ९ गते

images
images
images

एनपीएलको तेस्रो संस्करणअघि ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक,

एनपीएलको तेस्रो संस्करणअघि ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक,

क्रिकेटको जोशमा संगीतको ऊर्जा

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटको उत्साह र समर्थकहरूको जोश समेटिएको ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ।

    images
    images

    क्रिकेट मैदानको प्रतिस्पर्धा, चौका–छक्काको रोमाञ्च र समर्थकहरूको उत्साहलाई संगीतको लयमा प्रस्तुत गर्ने उद्देश्यले एन्थम तयार गरिएको कम्पनीले जनाएको छ। क्रिकेटप्रेमी तथा युवा पुस्तालाई लक्षित गर्दै सार्वजनिक गरिएको यस सांगीतिक प्रस्तुतिले एनपीएलको माहोललाई थप ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ।

    एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको कम्पनीले जनाएको छ।

    images
    images

    ‘एक्स्ट्रीम एन्थम’ मा युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ। गीतमा ब्लुस (सुरज शाही) ले संगीत सिर्जना तथा संयोजन गरेका छन् भने निर्माणको जिम्मेवारी एनएफटीपी टिमले लिएको छ।

    कम्पनीका अनुसार एन्थममार्फत खेलाडीहरूको जित्ने अठोट, टोलीप्रतिको समर्थकहरूको विश्वास र दर्शकदीर्घामा गुञ्जिने उत्साहलाई संगीतमा समेट्ने प्रयास गरिएको छ। क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्दै खेलाडी तथा समर्थकबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउनु यसको मुख्य उद्देश्य रहेको छ।

    एनपीएलजस्ता प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक विकाससँगै युवा खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएका छन्। यस्तो अवस्थामा खेल र संगीतको संयोजनले प्रतियोगिताप्रति दर्शकको आकर्षण बढाउन तथा क्रिकेटको उत्साहलाई अझ व्यापक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    ‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिने कम्पनीले जनाएको छ।

    #XtremeEnergyDrink #NPLSeason3 #XtremeNPLAnthem

    #XtremeEnergyDrink #XtremeNPLAnthem #NPLSeason3

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend