काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र सहज बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

कार्यालयमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा एसएसपी काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी समसामयिक विषयमा प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका हुन्।
कार्यक्रममा उपत्यकाको ट्राफिक अवस्था, सवारी आवागमन व्यवस्थापन तथा ट्राफिक प्रहरीको जिम्मेवारीसँग सम्बन्धित विषयमा जोड दिइएको जनाइएको छ।
उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै सडक प्रयोगकर्तालाई सहज आवागमनको वातावरण उपलब्ध गराउन ट्राफिक प्रहरीको सक्रियता, अनुशासन र प्रभावकारी कार्यसम्पादन महत्त्वपूर्ण रहनेछ।








.gif)





