images

२०८३ कार्तिक ९ गते

images
images
images
अर्थसमाचार संवाददाता

दीपावलीमा फलाङ फुड डिक्सनरीको उपहार,

दीपावलीमा फलाङ फुड डिक्सनरीको उपहार,

लक्की ड्रबाट कलिज चरा र पुस्तक जित्ने अवसर

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं । नेपालको पहिलो विश्वव्यापी परिकार सम्बन्धी शब्दकोशका रूपमा प्रस्तुत गरिएको ‘फलाङ फुड डिक्सनरी’ का लेखक शिव न्यौपानेले दीपावलीको अवसरमा विशेष उपहार कार्यक्रम सार्वजनिक गरेका छन्। कार्यक्रम अन्तर्गत लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले कलिज चरा र दोस्रो विजेताले ‘फलाङ फुड डिक्सनरी’ प्राप्त गर्नेछन्।

    images
    images

    https://www.facebook.com/reel/1668924191415732

    लेखक न्यौपानेले सामाजिक सञ्जालमा सक्रिय तथा लक्ष्मी नर्सरीसँग आबद्ध होमराज पौडेललाई कलिज चरा उपहार प्रदान गरेपछि यससम्बन्धी विशेष उपहार कार्यक्रम अघि बढाएका हुन्।

    images
    images

    कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले होमराज पौडेलको आधिकारिक फेसबुक पेजमा राखिएको कलिजसम्बन्धी भिडियो हेर्नुपर्नेछ। त्यसपछि भिडियो सेयर गरी आफ्नो प्रतिक्रिया अर्थात् कमेन्ट लेखेर लक्की ड्रमा सहभागी हुन सकिने आयोजकले जनाएको छ।

    कार्यक्रममा छनोट हुने पहिलो विजेताले कलिज चरा प्राप्त गर्नेछन् भने दोस्रो विजेताले ‘फलाङ फुड डिक्सनरी’ पुस्तक पाउनेछन्। उक्त पुस्तकमा नेपाली तथा अन्तर्राष्ट्रिय परिकारसँग सम्बन्धित शब्द, ज्ञान र खाद्य संस्कृतिका विषय समेटिएका छन्।

    लेखक न्यौपानेको यो पहलले दीपावलीको अवसरमा उपहार आदानप्रदानसँगै पुस्तक र खाद्य संस्कृतिप्रति चासो बढाउने अपेक्षा गरिएको छ।

    उपहार कार्यक्रममा सहभागी हुने अन्तिम मिति, विजेता घोषणा हुने समय र अन्य नियम तथा सर्तहरूका लागि आयोजकको आधिकारिक फेसबुक पोस्ट हेर्न आग्रह गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend