पाल्पा । सडक सुरक्षा कायम गर्न तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गर्दै आएको छ।
ट्राफिक प्रहरीले सवारी नियमको पालना गराउन नियमित जाँच तथा निगरानी गर्दै आएको छ। नियम उल्लङ्घन गर्ने सवारी चालकलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने र सडक प्रयोगकर्तालाई सुरक्षित यात्राबारे सचेत गराउने कार्यलाई प्रहरीले प्राथमिकता दिएको छ।
प्रहरीले सवारी चालकलाई तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, जथाभावी पार्किङ गर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने गतिविधिबाट टाढा रहन आग्रह गर्दै आएको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न र आफू तथा अरूको सुरक्षाप्रति जिम्मेवार बन्न प्रहरीले सबैलाई अनुरोध गरेको छ।




.gif)





