images

२०८३ कार्तिक ७ गते

images
images
images
  • अन्य
  • लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक...

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

images
images
शुक्रवार, कार्तिक ७ २०८३
शुक्रवार, कार्तिक ७ २०८३
  • दाङ, ६ कात्तिक । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाका सहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images

    जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा  भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय  अनुभव अग्रवाल छन् । अग्रवाललाई  कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ ।

    बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिएका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend