images

२०८३ कार्तिक ६ गते

images
images
images
  • अन्य
  • बाँकेको जानकीमा विद्युत् सर्टबाट आगलागी, सात...

बाँकेको जानकीमा विद्युत् सर्टबाट आगलागी, सात घर जलेर नष्ट

बाँकेको जानकीमा विद्युत् सर्टबाट आगलागी, सात घर जलेर नष्ट

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • काठमाडौं । बाँकेको जानकी गाउँपालिका–६, कपासीमा विद्युत् सर्ट भई आगलागी हुँदा सात वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।

    images
    images

    प्रहरीका अनुसार स्थानीय इद्दु खानको घरबाट सुरु भएको आगलागीमा साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर जलेका छन्। त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घरसमेत पूर्णरूपमा नष्ट भएका छन्।

    आगलागीबाट महेश खानको पक्की घरको एउटा झ्यालमा समेत क्षति पुगेको छ। घटनामा मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ।

    images
    images

    आगलागी नियन्त्रणका लागि कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगर पालिकाका दमकल घटनास्थलमा पुगेका थिए। दमकल तथा स्थानीयको प्रयासपछि दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको हो।

    आगलागीबाट भएको अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend