images

२०८३ कार्तिक ६ गते

images
images
images

बडादसैँको दोस्रो दिन पनि टीका र जमरा थाप्ने क्रम जारी

बडादसैँको दोस्रो दिन पनि टीका र जमरा थाप्ने क्रम जारी

images
images
अर्थ समाचार
बिहिवार, कार्तिक ६ २०८३
अर्थ समाचार
बिहिवार, कार्तिक ६ २०८३
  • काठमाडौँ । बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ।

    images
    images

    विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त तथा ज्येष्ठ सदस्यका घरमा पुगेर टीका थाप्ने र आशीर्वाद लिने गरिरहेका छन्।

    विजयादशमीका दिन भेटघाट गर्न नसकेका तथा मान्यजन टाढा रहेका व्यक्तिहरूले आजदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तकहाँ पुगेर टीका र जमरा ग्रहण गर्ने परम्परा रहेको छ।

    images
    images

    यस अवधिमा परिवार तथा आफन्तबीच भेटघाट गर्ने, आपसी सद्भाव र आत्मीयता साटासाट गर्ने तथा ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने क्रम चलिरहन्छ। नेपाली समाजमा बडादसैँलाई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र सांस्कृतिक परम्पराको निरन्तरताको पर्वका रूपमा मनाइन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend