images

२०८३ कार्तिक ५ गते

images
images
images
बेपत्ता पाँच जनाका परिवारसम्म हेलिकोप्टरबाट सामग्री पुर्‍याइयो

उङ्गिलुङ बाढीपहिरो पीडितलाई राहत,

उङ्गिलुङ बाढीपहिरो पीडितलाई राहत,

images
images
बुधवार, कार्तिक ५ २०८३
बुधवार, कार्तिक ५ २०८३
  • अर्थसमाचार, गोरखा

    images
    images

    गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। बाढीपहिरोमा परी बेपत्ता भएका पाँच जनाका परिवार र घरबास गुमाएका चुम्लिङका तीन जनाको परिवारलाई सोमबार राहत प्रदान गरिएको हो।

    बाढीपहिरोका कारण बाटो तथा पुल बगाउँदा प्रभावित बस्तीमा आवतजावत कठिन बनेपछि राहत सामग्री हेलिकोप्टर र खच्चडमार्फत ढुवानी गरी पीडित परिवारसम्म पुर्‍याइएको थियो।

    images
    images

    राहत प्याकेजमा चामल, नुन, तेल, चिनी, टेन्ट, त्रिपाल, म्याट्रेस तथा लत्ताकपडालगायत अत्यावश्यक सामग्री रहेका छन्। सरकारले पाँच दिनअघि पठाएको राहत सामग्री प्रभावित परिवारलाई सोमबार वितरण गरिएको हो।

    गत असोज २५ गते सेराङ्गी हिमाल र चामर हिमालको बीचमा रहेको धुम्वाखाप्के (होजाङ) क्षेत्रबाट हिमपहिरो खसेपछि आएको बाढीमा परी चुमनुब्री गाउँपालिका–६, उङ्गिलुङको गोठमा बस्दै आएका पाँच जना बेपत्ता भएका थिए।

    बेपत्ता हुनेमा भोम अजे लामा, उनका पति सोनाम लामा, सोनामका दाजु कर्मा लामा, पेम दोर्जे र सोनाम भुटी रहेका छन्।

    त्यस्तै, उङ्गिलुङ खोलाकै किनारस्थित धाउले क्षेत्रमा बाढीपहिरोमा फसेका ७१ वर्षीया धाउले आमा र उनका दुई छोरा ङिमा दोर्जे तथा मिङ्मा छिरिङलाई १२ घण्टापछि हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो।

    प्राकृतिक विपद्का कारण प्रभावित परिवारको जनजीवन कष्टकर बनेका बेला राहत सामग्रीले तत्कालीन आवश्यकतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। दुर्गम भूगोल र क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित क्षेत्रमा राहत पुर्‍याउन कठिनाइ भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend