images

२०८३ कार्तिक ६ गते

images
images
images
  • अन्य
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९...
अर्थसमाचार संवाददाता

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १७३ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १७३ जना घाइते

images
images
बुधवार, कार्तिक ५ २०८३
बुधवार, कार्तिक ५ २०८३
  • काठमाडौं । मिति । २०८३ कार्तिक ०३ गते, मंगलबार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने १७३ जना घाइते भएका छन्।

    images
    images

    नेपाल प्रहरीको तथ्यांक उद्धृत गर्दै सार्वजनिक समाचारअनुसार बागमती र सुदूरपश्चिम प्रदेशमा तीन–तीन जनाको मृत्यु भएको छ। त्यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशमा एक–एक जनाले ज्यान गुमाएका छन्।

    दुर्घटनामा घाइते हुनेमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ६२ जना रहेका छन्। कोशी प्रदेशमा ३३, लुम्बिनीमा २९, काठमाडौं उपत्यकामा १५, बागमती र सुदूरपश्चिममा १०–१० तथा कर्णालीमा १० जना घाइते भएका छन्। गण्डकी प्रदेशमा चार जना घाइते भएको विवरणमा उल्लेख छ।

    images
    images

    यसैबीच, सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगामस्थित डाँडामोडमा मंगलबार बिहान फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी बिहान करिब १०स्३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र अन्य छ जनाको अवस्था सामान्य रहेको छ।

    सवारी दुर्घटनामा मानवीय क्षति बढ्दै गएको अवस्थामा चालकको लापरबाही, तीव्र गति, सवारीसाधनको प्राविधिक अवस्था तथा सडकको अवस्थाप्रति विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ। ट्राफिक नियमको पालना, सुरक्षित गति र सवारीसाधनको नियमित जाँचले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न मद्दत पुर्‍याउन सक्छ।

    स्रोतः नेपाल प्रहरी

    May be an image of map and text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend