images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • २४ घण्टाभित्र उपत्यकामा ११५ सवारी चालक...

२४ घण्टाभित्र उपत्यकामा ११५ सवारी चालक ट्राफिक कारबाहीमा

२४ घण्टाभित्र उपत्यकामा ११५ सवारी चालक ट्राफिक कारबाहीमा

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • अर्थसमाचार । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ११५ सवारी चालकलाई कारबाही गरिएको छ।

    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मिति २०८३ साल कात्तिक ५ गते बिहान ६ बजेसम्मको २४ घण्टे अवधिमा उक्त सङ्ख्यामा कारबाही गरिएको हो।

    ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन (मापसे), सीसीटीभी निगरानी, बत्तीसम्बन्धी नियम उल्लङ्घन, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था, एकतर्फी सडक नियम तथा अन्य ट्राफिक नियम उल्लङ्घनका आधारमा कारबाही गर्ने गरेको छ।

    images
    images

    कार्यालयले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, काठमाडौंले ट्राफिकसम्बन्धी आपत्कालीन सहयोगका लागि १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

    स्रोतः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend