images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • तीन हजार ५८५ यात्रुलाई प्रहरी र...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • काठमाडौँ, ५ कात्तिक । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौँ उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन् ।

    images
    images

    प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधन मार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् । 

    यस्तै सशस्त्र प्रहरीबाट सञ्चालित दुई वटा बसले अष्टमी, नवमी र दशमीका दिन गरी दुई हजार १७९ यात्रुलाई काठमाडौँ उपत्यकामा निःशुल्क सवारी सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । 

    images
    images

    दसैँको समयमा सार्वजनिक सवारीसाधनको कमी हुने हुँदा यात्रुको आवागमन सहज तुल्याउन यो सेवा दिएको हो ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend