images

२०८३ कार्तिक ६ गते

images
images
images
  • विश्व
  • ट्रम्पको आग्रहपछि रुसद्वारा ७४ वर्षीय अमेरिकी...

ट्रम्पको आग्रहपछि रुसद्वारा ७४ वर्षीय अमेरिकी नागरिक हबर्ड रिहा

ट्रम्पको आग्रहपछि रुसद्वारा ७४ वर्षीय अमेरिकी नागरिक हबर्ड रिहा

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • काठमाडौं । रुसले युक्रेनमा भाडाका सैनिकका रूपमा लडेको आरोपमा पक्राउ परेका ७४ वर्षीय अमेरिकी नागरिक स्टेफन हबर्डलाई रिहा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको आग्रहपछि हबर्ड रिहा भएका हुन्।

    images
    images

    अवकाशप्राप्त शिक्षक हबर्डलाई सन् २०२२ मा पूर्वी युक्रेनको रुसी नियन्त्रणमा रहेको क्षेत्रबाट पक्राउ गरिएको थियो। उनी युक्रेनी सेनाका तर्फबाट लडेको आरोपमा रुसी हिरासतमा थिए। यद्यपि, उनको परिवार र अमेरिकी विदेश मन्त्रालयले उनीमाथि लगाइएका आरोप असत्य भएको बताएका थिए।

    युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई अघि बढाउने उद्देश्यले अमेरिकी विशेष दूत स्टिभ विटकफले रुसी राष्ट्रपति पुटिनसँग वार्ता गरिरहेका बेला हबर्डको रिहाइ भएको हो।

    images
    images

    रिहाइपछि विटकफले पुटिनलाई धन्यवाद दिँदै उनलाई ‘मानवीय भावना भएका नेता’का रूपमा चित्रण गरेका छन्। यद्यपि, पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले पक्राउ पुर्जी जारी गरेको छ। रुसभित्र विपक्षीमाथि दमन गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ।

    सीएनएनसँग साझा गरिएको भिडियोमा बुधबार सेन्ट पिटर्सबर्गस्थित पुल्कोभो विमानस्थलमा हबर्ड विटकफ र रुसी वार्ताकार किरिल दिमित्रिएभसँग भेट गरिरहेको देखिन्छ। भिडियोमा हबर्ड आफैँ उभिन र हिँड्न सक्ने अवस्थामा देखिएका छन्। यसअघि उनको परिवारले जेलमा रहँदा उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेको थियो।

    विटकफका अनुसार पुटिनले हबर्डका लागि आशीर्वाद र शुभकामना पठाएका थिए।

    यसैबीच, राष्ट्रपति ट्रम्पले हबर्डको रिहाइका लागि अमेरिकाले रुसलाई कुनै बदलामा केही दिनु नपरेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले आफूहरूप्रतिको सम्मानका कारण रुसले कुनै सर्त नराखी हबर्डलाई रिहा गरेको दाबी गरेका हुन्।

    ट्रम्पले पुटिनसँग आफूले गरेको आग्रहपछि हबर्ड रिहा भएको उल्लेख गर्दै उनी घर फर्किने क्रममा रहेको र छिट्टै परिवारसँग पुनर्मिलन हुने बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend