images

२०८३ कार्तिक ५ गते

images
images
images

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

images
images
बुधवार, कार्तिक ५ २०८३
बुधवार, कार्तिक ५ २०८३
  • कुओभा (अल्बानिया), ४ कात्तिक । अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन । तर उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ । उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुन । क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ ।

    images
    images

    दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देखेकी छन् । राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उहाँ फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गर्थिन । “जीवन सुन्दर छ, माउन्ट टोमोरजस्तै फुलेको छ”, उनले मुस्कुराउँदै भनिन। उनको विश्वास छ, “भगवान्ले जति समय बाँच्न लेखेको छ, मानिस त्यतिन्जेल बाँच्छ ।”

    उनको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन् । सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ । उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औँल्याएको थियो।

    images
    images

    मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार, आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उनी जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए । त्यसपछि साक्षीको बयान सहित प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो । यसै महिनाको सुरुमा सरकारले उनको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ ।

    मार्रा अझै बिहान उठेर आँगन सफा गर्ने फूलमा पानी हाने र कफी पिउनुअघि कुखुरालाई दाना दिने । छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्ने र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्छिन् । छोराका अनुसार उनको स्वास्थ्य राम्रो छ र उनले कहिल्यै औषधि लिएको छैन ।

    श्रीमान्को निधन भएको ३६ वर्ष बितिसक्दा पनि उनी सँगै बिताएका दिन सम्झेर मुस्कुराउछिन् । परिवारले मिलाइदिएको विवाह मायालु रहेको उल्लेख गर्दै उनले भने, “नत्र म उहाँनीसँग सात सन्तान कसरी जन्माउन सक्थेँ र ?”

    मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देखिन । आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा उनी भावुक बन्छिन, तर परिवारका सदस्य घर आउँदा खुसी हुन्छिन । “मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु”, उनले भने । युवावस्थाको सम्झनाका रूपमा उहाँनीसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ । उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend