images

२०८३ कार्तिक ५ गते

images
images
images
  • विश्व
  • अमेरिकासँग गुप्तचर सहकार्य पुनः प्रभावकारी भएको...

अमेरिकासँग गुप्तचर सहकार्य पुनः प्रभावकारी भएको जेलेन्स्कीको भनाइ

अमेरिकासँग गुप्तचर सहकार्य पुनः प्रभावकारी भएको जेलेन्स्कीको भनाइ

images
images
बुधवार, कार्तिक ५ २०८३
बुधवार, कार्तिक ५ २०८३
  • काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग नर्वेको राजधानी ओस्लोमा भएको वार्तापछि अमेरिकासँगको गुप्तचर सूचना साझेदारी पुनः प्रभावकारी भएको बताएका छन् ।

    images
    images

    रुसका क्षेप्यास्त्र आक्रमणबारे पूर्वसूचना प्राप्त गर्न अमेरिकी गुप्तचर जानकारी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जेलेन्स्कीले यसबाट सर्वसाधारणको ज्यान जोगाउन सहयोग पुग्ने बताएका छन् ।

    मंगलबार ओस्लोमा भएको वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव, सुरक्षा प्रत्याभूति तथा ऊर्जा क्षेत्रमा युद्धविराम गर्ने विषयमा छलफल भएको थियो । वार्तामा सहभागी फिनल्यान्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबले शान्ति स्थापनाका लागि प्रस्ताव अघि बढाउने विषयमा वास्तविक प्रगति भएको बताएका छन् ।

    images
    images

    अमेरिकी अधिकारीहरूका अनुसार वार्ता रचनात्मक भएको थियो । अमेरिका, युक्रेन र युरोपबीच आगामी कदमका विषयमा बलियो सहमति बनेको उनीहरूको भनाइ छ । अमेरिकी विशेष दूत विटकफले शान्ति प्रस्तावबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने कार्यक्रम रहेको पनि अधिकारीहरूले बताएका छन् ।

    यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनले युद्ध अन्त्य गर्न सम्झौता गर्नुपर्ने बताएका छन् । उनले रुस पनि युद्ध अन्त्य गर्न इच्छुक रहेको दाबी गरेका छन् । तर, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसले कुनै पनि राजनीतिक छुट दिन नसक्ने संकेत गरेका छन् ।

    राष्ट्रपति जेलेन्स्कीले युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आफूहरू तयार रहेको दोहोर्‍याएका छन् । युद्धका कारण युक्रेनी नागरिकले ज्यान गुमाइरहेको उल्लेख गर्दै उनले अमेरिकी स्टारलिङ्क स्याटेलाइट नेटवर्कमा लागू गरिएको गति प्रतिबन्धको विषयमा पनि सकारात्मक समाधानको अपेक्षा व्यक्त गरेका छन् ।

    यसैबीच, मंगलबार रुसले गरेको ड्रोन आक्रमणमा युक्रेनका विभिन्न क्षेत्रमा कम्तीमा १० जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

    सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता युद्ध अन्त्यका लागि विभिन्न कूटनीतिक प्रयास भइरहेका छन् । यद्यपि, शान्ति वार्ताका प्रयास जारी रहे पनि दुवै पक्षबीचको तनाव कायमै छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend