images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • ओमान शृङ्खला खेलेर नेपाली क्रिकेट टोली...

ओमान शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

ओमान शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

images
images
बुधवार, कार्तिक ५ २०८३
बुधवार, कार्तिक ५ २०८३
  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको अन्तिम शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली मंगलबार साँझ काठमाडौं आइपुगेको हो ।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले टोलीलाई स्वागत गरेका थिए ।

    ओमान र क्यानडासँग भएको शृङ्खलामा नेपालले खेलेका चारमध्ये तीन खेलमा जित निकालेको थियो । नेपालले ओमानलाई दुवै खेलमा पराजित गरेको थियो भने क्यानडासँग एक खेल जित्दा अर्को खेलमा हार बेहोरेको थियो ।

    images
    images

    यस शृङ्खलासँगै नेपालले आईसीसी विश्वकप लिग–२ का सबै ३६ खेल पूरा गरेको छ । प्रतियोगितामा ३० अंक जोडेको नेपाल अंकतालिकाको छैटौं स्थानमा रहेको छ ।

    नेपालले लिग–२ को यात्रा पूरा गरेसँगै अब आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी अघि बढाउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend