images

२०८३ कार्तिक ९ गते

images
images
images
  • समाचार
  • यस्तो छ आगामी ५ दिनको मौसम...

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान पश्चिमी वायुको प्रभावले वर्षा

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान पश्चिमी वायुको प्रभावले वर्षा

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौँ, ९ कात्तिक । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।  

    images
    images

    विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
    “आगामी शुक्रबारसम्म देशका विभिन्न भूभागमा मौसममा बदली हुने तथा वर्षा र हिमपातको पनि सम्भावना छ, आज हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ,” उहाँले भन्नुभयो, “आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।”
     
    महाशाखाका अनुसार मङ्गलबार कोशी, मधेस, बागमती र गण्डकीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । सो अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
     
    बुधबारदेखि शुक्रबारसम्म पनि देशका हिमाली तथा पहाडी भूभागमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

    बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
     
    महाशाखाले मौसमसम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई मौसमको अद्यावधिक सूचना लिएर आवश्यक तयारी गर्न महाशाखाले अनुरोध गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend