images

२०८३ कार्तिक ९ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष...

ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गर्न सफल भएको छ।

    images
    images

    बैंकले सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको थियो। थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका हुन्।

    ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता ९एआई० को प्रयोग, दिगो कर्जा प्रवाह र प्रभावकारी जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ।

    images
    images

    अवार्ड समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। सम्मानित संस्थामा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका छन्।

    ग्लोबल आइएमई बैंकले यस सम्मानले ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न थप प्रोत्साहन मिलेको जनाएको छ। बैंकले आफ्नो प्रगतिमा योगदान पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको जनाएको छ। बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा युरोमनी अवार्ड फर एक्सलेन्स सन् २०२२, २०२४ र २०२५ मा प्राप्त गरिसकेको छ। त्यस्तै, ‘बेस्ट बैंक नेपाल’ अवार्ड लगातार तीन वर्ष प्राप्त गर्नुका साथै ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ जस्ता सम्मान पनि हासिल गरेको छ।

    मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

    बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारत लगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। यसले देशको वित्तीय पहुँच विस्तार तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend