काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (PHP) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका केही सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ।
बैंकले जारी गरेको अत्यन्त जरुरी सूचनामा यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको छ।
राष्ट्र बैंकले उक्त जोखिमलाई केन्द्रमा राख्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, सम्भावित जोखिमको समीक्षा गर्न तथा सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (PSO), भुक्तानी सेवा प्रदायक (PSP) र विप्रेषण कम्पनीहरूलाई आग्रह गरेको छ।
बैंकले नियमित सुरक्षा निगरानी तथा प्रणालीलाई सुरक्षित बनाउने उपाय अवलम्बन गर्नसमेत सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
राष्ट्र बैंकले २०८३ असोज ६ गते यो सूचना जारी सूचना





.gif)





