काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेल भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारतको नयाँ दिल्लीमा अक्टोबर १९–२० मा आयोजना गरेको ‘Samvad 2026’ गोष्ठीमा सहभागी हुनुभएको छ।

गोष्ठीको मुख्य विषयवस्तु “Forging a Self-Reliant and Connected Financial Future” रहेको छ। वित्तीय आत्मनिर्भरता, अन्तरआबद्धता तथा दिगो वित्तीय प्रणालीको विकाससँग सम्बन्धित विषयमा केन्द्रित यस गोष्ठीले वित्तीय क्षेत्रको भविष्य र नीतिगत प्राथमिकताबारे विमर्श गर्ने अवसर प्रदान गरेको छ।
गभर्नर पौडेलको सहभागिताले नेपालको वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत दृष्टिकोणलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमर्शसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, वित्तीय प्रणालीलाई थप सबल, समावेशी र दिगो बनाउने विषयमा अनुभव आदानप्रदान तथा सहकार्यका सम्भावनालाई समेत यस सहभागिताले महत्त्व दिएको छ।
वित्तीय आत्मनिर्भरता र अन्तरदेशीय वित्तीय सम्बन्धको सुदृढीकरण वर्तमान विश्व वित्तीय परिवेशमा महत्त्वपूर्ण बन्दै गएका बेला ‘Samvad 2026’ जस्ता मञ्चले केन्द्रीय बैंकहरूबीच नीतिगत संवाद र सहकार्य विस्तार गर्न भूमिका खेल्ने विश्वास गरिएको छ।




.gif)





