images

२०८३ कार्तिक ९ गते

images
images
images

डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौँ, ९ कात्तिक । संयुक्त अधिराज्य  बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

    images
    images

    परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण कीट सरकारलाई आज हस्तान्तरण गरेका छन् । सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप रु एक करोडको चेकसमेत हस्तान्तरण गरेका छन् ।

    आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराएका छन् । सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त डीएनए परीक्षण कीट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

    images
    images

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend