images

२०८३ कार्तिक ९ गते

images
images
images

वाग्मती सफाइ अभियान जारी

वाग्मती सफाइ अभियान जारी

images
images
आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • काठमाडौँ, ८ कात्तिक  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो ।

    images
    images

    गुह्येश्वरी मन्दिर अगाडि वाग्मती नदी एवं किनारमा शनिबार ७०२ औँ हप्ताको सफाइ गरिएको थियो । दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले  जानकारी दिएका छन् । नवदुर्गाको पूजा गरिएका मूर्तिहरुलाई किनारमा राखिएको छ ।

    सो अवसरमा कुहिने फोहरलाई त्यहीँको वाग्मती किनारमा गाडिएको थियो । नकुहिने  फोहर  ट्रकमा राखी व्यवस्थापन गरिएको पनि उनले बताएका छन् ।

    images
    images

    समाजसेवी टोस्टराज क्षेत्री, माथिल्लो वाग्मती सरसफाइ अभियानका ईश्वर पुडासैनी, कीर्तिपुर सुन्दरीघाट सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, समाजसेवी  लीलादेवी खतिवडा र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सरोज पौडेलको नेतृत्वमा कर्मचारी एवं वाग्मती अभियानकर्मीको सफाइमा सक्रिय सहभागिता  थियो ।

    अर्को हप्ताको वाग्मती सरसफाइ पनि यसै स्थानमा गरिने जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend