images

२०८३ कार्तिक ९ गते

images
images
images
  • समाचार
  • एनपीएल तेस्रो संस्करणको प्रधानमन्त्री बालेन शाहले...

एनपीएल तेस्रो संस्करणको प्रधानमन्त्री बालेन शाहले औपचारिक उद्घाटन गर्ने

एनपीएल तेस्रो संस्करणको प्रधानमन्त्री बालेन शाहले औपचारिक उद्घाटन गर्ने

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन शाहले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

    images
    images

    प्रतियोगिताको सुरुवातअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै एनपीएललाई नेपालको खेलकुद इतिहासकै महत्वपूर्ण उत्सवका रूपमा चित्रण गरेका छन्। उनले नेपाली क्रिकेटको विकास, खेलाडीहरूको व्यावसायिक प्रवर्द्धन तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

    प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीलाई सफलताको शुभकामना दिएका छन्।

    images
    images

    आज हुने उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुने खेलसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक यात्रा अघि बढ्नेछ।

    एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ फ्रेन्चाइज टोली सहभागी छन्।

    प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्रिकेटको व्यावसायिक विकास, युवा खेलाडीको प्रोत्साहन र खेल पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend