काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाल प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ।
प्रतियोगिता सञ्चालनका क्रममा खेलाडी, दर्शक, आयोजक तथा अन्य सरोकारवालाको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरी परिचालन गरिएको हो।
नेपाली क्रिकेटको लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता एनपीएलमा दर्शकको उल्लेख्य सहभागिता रहने भएकाले मैदान परिसर तथा आसपासको क्षेत्रमा सुरक्षा र भीड व्यवस्थापनलाई महत्त्व दिइएको छ।
प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न नेपाल प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाउँदै आएको छ।









.gif)





