काठमाडौँ, ९ कात्तिक । राजधानीमा आजदेखि सुरु भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्टिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र जोड्न सक्यो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरिले सर्वाधिक २७ रन जोडे । त्यसैगरी सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विनोद भण्डारीले ९ रन बनाए भने इसान पाण्डेले ७ रन बनाए ।
बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले सर्वाधिक चार विकेट लिए । त्यस्तै शेर मल्लले तीन विकेट लिँदा साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक एक विकेट लिए । अहिले लुम्बिनी लायन्स जवाफी ब्याटिङमा उत्रेको छ ।




.gif)





