images

२०८३ कार्तिक ९ गते

images
images
images

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं, कात्तिक ९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएकी छिन।

    images
    images

    राष्ट्रिय समाचार समिति (रासस)का अनुसार, पूर्वराष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएको जानकारी दिएकी छिन।

    ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषयमा आयोजित उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म सञ्चालन भएको थियो। सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेको थिईन।

    images
    images

    सम्मेलनका क्रममा अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिएको थियो।

    फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति तथा शान्ति स्थापनाका लागि आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका र अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का देशहरूको भूमिका लगायत विषयमा छलफल भएको थियो।

    त्यसैगरी, जलवायु परिवर्तन र यसको प्रभाव, हरित अर्थतन्त्र, न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता तथा साइबर स्पेससम्बन्धी विषयमा पनि सम्मेलनमा बहस भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend