images

२०८३ कार्तिक २९ गते

images
images
images
  • विश्व
  • ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि...

ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित

ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

    images
    images

    उनका प्रतिद्वन्द्वी तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरेका छन्। यस जितसँगै लुलाले सन् २०२७ देखि २०३० सम्म ब्राजिलको नेतृत्व गर्नेछन्।

    पहिलो चरणको मतदानमा फ्लाभियो बोल्सोनारोले लुलाभन्दा बढी मत प्राप्त गरेका थिए। तर दोस्रो तथा निर्णायक चरणमा लुलाले पुनरागमन गर्दै विजय हासिल गरेका हुन्।

    images
    images

    ब्राजिलमा सन् १९८९ मा प्रजातान्त्रिक निर्वाचन प्रक्रिया पुनः सुरु भएयता पहिलो चरणमा दोस्रो स्थानमा रहेका उम्मेदवारले दोस्रो चरणमा जित हासिल गरेको यो पहिलो घटना भएको जनाइएको छ। यसले ब्राजिलको निर्वाचन इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।

    निर्वाचन परिणाम सार्वजनिक भएपछि समर्थकहरूलाई सम्बोधन गर्दै लुलाले आफ्नो जितलाई ‘झूट र अस्वीकार्यतामाथिको विजय’ का रूपमा व्याख्या गरेका छन्। उनले ब्राजिलको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    लुलाको पुनःनिर्वाचनसँगै ब्राजिलको आगामी राजनीतिक दिशा, आर्थिक नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा उनको नेतृत्वले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा चासो बढेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend