images

२०८३ कार्तिक ५ गते

images
images
images
  • कृषि
  • इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५...

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

images
images
बुधवार, कार्तिक ५ २०८३
बुधवार, कार्तिक ५ २०८३
  • काठमाडौँ, ४ कात्तिक । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बन्नुभएको छ गोेरखाका इन्जिनियर कुमार लामिछाने  ।

    images
    images

    काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक रु १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएका छन् । 

    गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेशा अङ्गाल्दै आएका छन् ।

    images
    images

    उहाँले रु १० करोड लगानीसहित मासिक रु एक लाखका दरले जम्मा छ रोपनी जग्गा भाडामा लिई गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिएका छन् । सुरुमा ३० वटा भैँसीबाट व्यवसाय सञ्चालन गर्नुभएका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैँसी रहेका छन् । 

    “इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवन साथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ । यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,” उनी भन्छन्।

    इन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुध विकास संस्थान (डिडिसी) र नमूना डेरी  तथा बाँकी दुध उपत्यकाका विभिन्न डेरीहरुमा बिक्रीवितरण हुँदै आएको उहाँले जानकारी दिएका छन् । 

    लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु १७० र गाईको रु १०० छ । गाई र भैँसीको दुध दुहुन मेसिन जडान गरिएको छ ।  उनको फार्ममा हाल प्रतक्ष एवं अप्रतक्ष रुपमा ५० कर्मचारी कार्यरत छन् ।

    दूध बिक्रीबाट मासिक रु ४५ देखि ५० लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १५ लाख बचत हुने गरेको उनले बताएका छन् । गाई र भैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुनेगरेको उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend