images

२०८३ कार्तिक १ गते

images
images
images

जग्गा भाडामा लिएर सयपत्री खेती

जग्गा भाडामा लिएर सयपत्री खेती

images
images
शनिवार, कार्तिक १ २०८३
शनिवार, कार्तिक १ २०८३
  • तुलसीपुर(दाङ), ३१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका  सदस्य र कर्मचारी   अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन् । 

    images
    images

    एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा ब्यस्त रहने गरेका हुन् । चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताए। “अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ,” उनले भने “अहिले हजारीको सिजन भएकाले हामी यतातिर लागेका हौँ ।” 

    उनका अनुसार ‘कर्म’ जातको सयपत्री खेती गरिएको हो । सुरुमा करिब तीन लाख बढी खर्च भएको छ । बीउ, मल्चिङ तथा खेत जोताइलगायत उक्त बराबरको खर्च भएको हो । 

    images
    images

    तिहारलाई लक्षित गरी साउन २६ गते सयपत्री रोपिएको ४५ दिन मै फुलेपछि आफू चिन्तित बनेको अध्यक्ष धितालले बताए । दसैँभन्दा अघि नै सयपत्री फुल्दा आफूले सोचेअनुसार आम्दानी हुँदैन, की भन्ने चिन्तामा रहेको उनले बताए । “मैले तिहारलाई लक्षित गरेका थिए,” उनले भने “तर, दसँैमा फुल्यो, यसले गर्दा सोचेअनुसार आम्दानी हुँदैन की भन्ने लाग्छ ।” 

    सयपत्रीमा नियमित सिँचाइ गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोहीअनुसार काम गरिरहेको उनले बताए । १२ देखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ ।  

    दसँै अगावै फुलेपनि सामाजिक सञ्जालबाट प्रचार गर्दा काठमाडौँसम्म पठाएको अध्यक्ष धितालको भनाइ छ । टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोज मै करिब दुई क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ । विदेशबाट माग आएको उनले बताए। 

    पाँच वर्षका लागि जग्गा भाडामा लिएर यसरी सयपत्री खेती गरिएको हो । कठ्ठाको वार्षिक दुई हजारका दरले यसरी जग्गा भाडामा लिइएको हो । कृषि सहकारी भएकाले सयपत्रीबाट राम्रो मनग्य लिन सकिने भएकाले यो खेतीतर्फ लागिएको उनले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend