images

२०८३ कार्तिक १ गते

images
images
images
  • प्रविधि
  • झापामा चाडपर्वको सुरक्षाका लागि ड्रोनबाट निगरानी,...

झापामा चाडपर्वको सुरक्षाका लागि ड्रोनबाट निगरानी, २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने

झापामा चाडपर्वको सुरक्षाका लागि ड्रोनबाट निगरानी, २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने

images
images
शनिवार, कार्तिक १ २०८३
शनिवार, कार्तिक १ २०८३
  • झापा । चाडपर्वका बेला हुन सक्ने भीडभाड तथा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै झापामा ड्रोनको प्रयोग गरेर निगरानी गरिने भएको छ।

    images
    images

    जिल्ला सुरक्षा समितिले चाडपर्वलक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलहरूमा ड्रोनमार्फत निगरानी गर्ने जनाएको हो।

    योजनाअनुसार जिल्लाभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २ हजार १२७ सुरक्षाकर्मी परिचालन गरिनेछ। जसमा नेपाल प्रहरीका १ हजार १९२ र सशस्त्र प्रहरी बलका ९३५ जना सुरक्षाकर्मी रहनेछन्।

    images
    images

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार चाडपर्वका समयमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन जनशक्ति परिचालनसँगै प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको छ।

    ड्रोनमार्फत गरिने निगरानीले मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा हुने भीडभाडको व्यवस्थापन र सम्भावित सुरक्षा चुनौती पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend