images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • सेयर बजार ६.३८ अंकले घट्यो, साढे...

सेयर बजार ६.३८ अंकले घट्यो, साढे ३ अर्बभन्दा बढीको कारोबार

सेयर बजार ६.३८ अंकले घट्यो, साढे ३ अर्बभन्दा बढीको कारोबार

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । बुधबार सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन बढेको बजार आज घटेर बन्द भएको हो । अघिल्लो दिन ११ अंकले बढेको बजार आज ६.३८ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २५७२.३४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १०० कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.६३ अंकले घटेर ४६१.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको बढेको छ । परिसूचक घटेको दिन बजारमा साढे ३ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५९ कम्पनीका १ करोड ३ लाख ६८८ कित्ता सेयर ३९ हजार ४६६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend