images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता...

प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी नवराज अधिकारीको नाममा रहेको १३ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।अधिकारीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएअनुसार सो उक्त सेयर बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । संस्थापक सेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिनु पर्ने भएकाले हाल उक्त सेयर विद्यमान सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

    images
    images

    सो सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । कम्पनीले तोकिएको यस समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend