images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • गुराँस लघुवित्तले बोलायो ११औँ वार्षिक साधारणसभा,...

गुराँस लघुवित्तले बोलायो ११औँ वार्षिक साधारणसभा, ९.५ प्रतिशत बोनस सेयर प्रस्ताव

गुराँस लघुवित्तले बोलायो ११औँ वार्षिक साधारणसभा, ९.५ प्रतिशत बोनस सेयर प्रस्ताव

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १० गतेका लागि ११ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।उक्त सभा कात्तिक १० गते हिले कान्जिरोवा मकालु होटल, धनकुटा नगरपालिका वडा नं. १, हिले धनकुटामा बिहान ९ बजेदेखि सुरु हुने छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आ. व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात, आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित लेखा टिप्पणीहरु छलफल गरी पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजीको ०.५ प्रतिशतले हुने रकम रु. ६,६१,७९०/२७ (अक्षरेपी रु छ लाख एकसठ्ठी हजार सात सय नब्बे र पैसा सत्ताइस मात्र) नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।

    images
    images

    त्यस्तै विशेष प्रस्तावका रुपमा संचालक समितिबाट सिफारिस भए बमोजिम आ.व. २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाब हालको चुक्ता पुँजी रु.१३,२३,५८,०५३.७५ (अक्षरेपि रु. तेह्र करोड तेइस लाख अन्ठाउन्न हजार त्रिपन्न र पैसा पचहत्तर मात्र) को ९.५ प्रतिशतले हुने रकम रु. १,२५,७४,०१५ ११ (अक्षरेपी रु. एक करोड पच्चिस लाख चौहत्तर हजार पन्ध्र र पैसा एघार मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै प्रस्तावित बोनश सेयर बराबर संस्थाको जारी तथा चुक्ता पुँजी बृद्धि गर्न संस्थाको प्रबन्धपत्रको दफा ६ (ख) र ६ ( ग ) मा संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ ।साथै संचालकहरुको दैनिक तथा भ्रमण भत्ता बृद्धि गर्ने सम्बन्धी संस्थाको नियमावलीको नियम ३२. (१) (ग) मा संशोधन गर्ने प्रस्ताव पारित गर्ने र उपरोक्त विशेष प्रस्ताव उपर नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप प्रचलित कानुनको अधिनमा रही संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend