images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा उच्च गिरावट, परिसूचक २० अंकले...

नेप्सेमा उच्च गिरावट, परिसूचक २० अंकले घटेर २५६६ विन्दुमा बन्द

नेप्सेमा उच्च गिरावट, परिसूचक २० अंकले घटेर २५६६ विन्दुमा बन्द

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । गत साता पनि घटेको बजार यो साताको पहिलो दिन नै उच्च अंकले घटेर बन्द भएको हो । सोमबार सेयर बजार परिसूचक २०.४८ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २५६६.७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ वटा कम्पनीको मात्रै बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२३ अंकले घटेर ४५९.७९ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको बढेको छ । परिसूचक घटेको दिन सेयर बजारको कारोबार ३ अर्बमा सिमित भएको छ । आज ३५९ कम्पनीका ९० लाख ३ हजार ३८८ कित्ता सेयर ४४ हजार ७७७ पटक खरिद बिक्री हुँदा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend