images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • १४ अंकले बढ्यो नेप्से, १० अर्बको...

१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ । बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । 

    images
    images

    यो साता समग्रमा सेयर बजार १० प्रतिशतले बढेको छ । आइतबार परिसूचक २७३८ बिन्दुमा थियो । सोमबार २२ अंकले बढ्दै २७६० बिन्दुमा उक्लियो । मंगलबार र बुधबार भने बजारमा गिरावट देखियो । बुधबार बजार बन्द हुँदा परिसूचक २७३४.३८ बिन्दुमा थियो । बिहीबार परिसूचक २७४८.७९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ । 

    बिहीबार १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत् लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले भने जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । बिहीबार यसको ३५ करोड २५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । 

    images
    images

    बिहीबार जलविद्युत् उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ । अन्य उपसमूहको वृद्धि भने १ प्रतिशत पनि पुग्न सकेन । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend