images

२०८३ आश्विन १५ गते

images
images
images

सेप्टेम्बरमा नेपाल आउने विदेशी पर्यटक १२ प्रतिशतले बढे,पश्चिमी बजार घट्दो

सेप्टेम्बरमा नेपाल आउने विदेशी पर्यटक १२ प्रतिशतले बढे,पश्चिमी बजार घट्दो

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ  ।  नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ  । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार, सेप्टेम्बर २०२६ मा कुल ८८ हजार २४८ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् ।यो सङ्ख्या अघिल्लो वर्ष अर्थात् सन् २०२५ को सेप्टेम्बर महिनाको तुलनामा १२.१ प्रतिशतले बढी हो । सन् २०२५ को सोही अवधिमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए । समग्रमा पर्यटक आगमन बढे पनि विभिन्न क्षेत्र र देशअनुसारको तथ्याङ्क विश्लेषण गर्दा भने एसियाली बजार फस्टाएको र पश्चिमी बजार खुम्चिएको मिश्रित नतिजा देखिएको छ  ।

    images
    images

    पश्चिमी बजार घट्दो 

    क्षेत्रीय आधारमा विश्लेषण गर्दा नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली (सार्क) राष्ट्रहरूको रहेको छ । सेप्टेम्बर महिनामा भित्रिएका कुल पर्यटकमध्ये करिब एक तिहाइ अर्थात् ३४.०९ प्रतिशत सार्क राष्ट्रबाट आएका छन् । सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो ।यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा मात्रै १७,४२५ भारतीय नागरिकले नेपाल भ्रमण गरेका छन्, जुन कुल पर्यटक आगमनको १९.७५ प्रतिशत हुन आउँछ । भारतीय पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएको छ ।त्यस्तै, सार्क क्षेत्रभित्र श्रीलङ्काबाट ७,१०८ (५४ प्रतिशत वृद्धि) र बङ्गलादेशबाट ३,९६४ (३१.५ प्रतिशत वृद्धि) पर्यटक आएर उत्साहजनक उपस्थिति जनाएका छन् । भुटान र पाकिस्तानबाट आउने पर्यटकको सङ्ख्या क्रमशः १,१११ र ४२९ रहेको छ ।

    images
    images

    सार्क बाहेकका अन्य एसियाली राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा यस वर्ष सर्वाधिक ५८ प्रतिशतको उछाल आएको छ । समग्र आगमनमा २२.५४ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रबाट कुल १९,८८८ पर्यटक भित्रिएका छन् । यो चमत्कारिक वृद्धिको पछाडि चीनको प्रमुख भूमिका रहेको तथ्याङ्कले प्रस्ट पार्छ ।सेप्टेम्बर २०२६ मा चीनबाट ११,२१२ पर्यटक नेपाल आएका छन् । जुन सन् २०२५ को सेप्टेम्बर (५,२३७) को तुलनामा ११४.१ प्रतिशत अर्थात् दोब्बरभन्दा बढीको वृद्धि हो । यसबाहेक अन्य एसियाली राष्ट्रहरू जापानबाट २,०६६ (४५.४ प्रतिशत वृद्धि), मलेसियाबाट १,८७७ (१२.२ प्रतिशत वृद्धि) र दक्षिण कोरियाबाट १,४१२ (४.३ प्रतिशत वृद्धि) पर्यटक नेपाल आएका छन् । यसै क्षेत्रका थाइल्यान्ड र भियतनामबाट आउने पर्यटकको सङ्ख्यामा भने अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले सामान्य गिरावट आएको छ ।एकातिर एसियाली बजार फस्टाउँदा अर्कोतिर युरोप, अमेरिका र ओसियाना जस्ता लामो दुरीका (लङ हल) गन्तव्यबाट आउने पर्यटकको सङ्ख्या भने घटेको छ । कुल पर्यटकको १७.१७ प्रतिशत हिस्सा ओगटेको युरोपबाट आउने पर्यटकको सङ्ख्या ८.७ प्रतिशतले घटेर १५,१४८ मा सीमित भएको छ ।

    युरोपतर्फबाट बेलायत (यु.के.) बाट सबैभन्दा बढी ३,७२५ पर्यटक आए पनि यो अघिल्लो वर्षको तुलनामा २५.२ प्रतिशतको ठुलो गिरावट हो । जर्मनी (१,९७४), फ्रान्स (१,३८९) र स्पेन (१,१२०) बाट आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहे पनि समग्र युरोपेली आगमन नकारात्मक छ । युरोपमा रुस, इटाली र चेक रिपब्लिकबाट आउने पर्यटक मात्र क्रमशः १८.४ प्रतिशत, २०.४ प्रतिशत र १५.७ प्रतिशतले बढेका छन् ।अमेरिकी महादेशबाट आउने पर्यटक १२.३ प्रतिशतले घटेर १०,१०७ मा झरेको छ । यसमध्ये संयुक्त राज्य अमेरिका (यु.एस.ए.) बाट मात्रै ८,२९९ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १४.३ प्रतिशतले कम हो । क्यानडाबाट पनि १५.५ प्रतिशतले पर्यटक घटेर १,२२४ जना मात्र आएका छन् ।ओसियाना क्षेत्र, विशेष गरी अस्ट्रेलियाबाट आउने पर्यटकको सङ्ख्यामा पनि २९ प्रतिशतको ठुलो गिरावट आएको छ । यस क्षेत्रबाट कुल ५,४२२ पर्यटक आएका छन् जसमा अस्ट्रेलियाको हिस्सा ४,८४२ रहेको छ ।मध्यपूर्वी राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा भने ११.९ प्रतिशतको सकारात्मक वृद्धि देखिएर २,६०६ पुगेको छ । यस क्षेत्रबाट आउने पर्यटकमध्ये इजरायलबाट मात्रै १,९५७ जना रहेका छन् ।अफ्रिकी महादेशबाट आउने पर्यटकको सङ्ख्या तुलनात्मक रूपमा सानो अर्थात् ४२४ जना भए पनि त्यसमा २३.३ प्रतिशतको वृद्धि देखिएको छ । अन्य वर्गीकृत नभएका देशहरूबाट ४,५६८ पर्यटक आएका छन् ।

    829527020_2625504157871482_3340373060290808270_n

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend