काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठ नगरपालिका-१० मा सोमबार दिउँसो चोरी भएको छ ।कपन बालुवाखानी डेरा गरी बस्ने प्युठान घर भएकी ३९ वर्षीया सम्झना थापाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहनाहरू चोरी भएको हो ।
प्रहरीका अनुसार करिब ३३ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




.gif)



