images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज...

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ। तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात असोज १३ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    शाइन रेसुङ्गाले असोज २८ गते, बुधबार, होटल सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा १८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।त्यसैगरी, सर्वोत्तम पेन्ट्सले असोज २५ गते, आइतबार, होटेल जंगल स्पा प्रा.लि., गोदावरी, अत्तरिया, कैलालीमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिनका १ बजे शुरु हुनेछ ।

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट तीन जना तथा सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।अरुण भ्यालीले असोज २७ गते, मंगलबार, होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend